ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेसका नेताहरूको पुसभित्र महाधिवेशन गर्न सुझाव १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो ।

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो ।

उहाँले पुसभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पनि समेट्न आग्रह गर्नुभयो ।

बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशाङ्क कोइराला, बलबहादुर केसी, डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जितजङ्ग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले बोल्नुभयो ।

  himalayanvoice.com | २७ कार्तिक २०८२, बुधबार २२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online