ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट : नौ जनाको मृत्यु भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

भारतीय सञ्चारमाध्यक आजतकका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटका कारण मानव अवशेषहरू तीन सय फिट टाढासम्म छरिएको अवस्थामा भेटिए आजतकले जनाएको छ ।

विस्फोटका करण प्रहरी चौकीको भवनको ठूलो भाग भत्किएको छ भने धेरै सवारी साधनमा आगो लागेको थियो ।

अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ ।

स्रोतहरूका अनुसार, विस्फोटक पदार्थ डेटोनेटर र फ्यूजबाट ट्रिगर गरिएको खण्डमा वा कुनै तरिकाले ट्रिगर गरिएको खण्डमा मात्र विस्फोट हुनेछ । त्यसैले, यो आतङ्कवादी आक्रमण हुन सक्छ ।

जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर यसको पुष्टि हुन बाँकी छ ।

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार २२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online