ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मधेश प्रदेश : सात दलद्वारा प्रदेश सभा भवन अगाडी प्रदर्शन उपसभामुख बविता राउत ईशरको नेतृत्वमा प्रदेश सभा हलबाहिर चौरमा सात दलनिकट प्रदेश सभा सदस्यहरूको बैठक बस्यो । 

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेर पद खारेज गरेको विरोधमा सात दलीय गठबन्धनले प्रदेश सभा घेराउ गरी प्रदर्शन गरेको छ ।

सात दल निकट नेता तथा कार्यकर्ताहरूले जनकपुरधामको कुवारमा रहेको प्रदेश सभा भवन अगाडी भेला भएर सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले सभामुखमाथि महाअभियोग दर्ता भएको बेलामा प्रतिशोध स्वरूप पाँच जना सदस्यहरूलाई कारबाही गरिएको दाबी गरेका छन् ।

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले सभामुखमाथि महाअभियोगको प्रस्ताव प्रदेश सभामा पुगेपछि सोही दिन राति सभामुखले जसपाका ४ तथा नागरिक उन्मुक्तिका १ जना गरी पाँच जना सदस्यहरूमाथि गरिएको कारबाही प्रतिशोधपूर्ण भएको बताउनुभयो ।

सात दलका नेता तथा कार्यकर्ताले प्रदेश सभा घेराउ गरेपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उपसभामुख बविता राउत ईशरको नेतृत्वमा प्रदेश सभा हलबाहिर चौरमा सात दलनिकट प्रदेश सभा सदस्यहरूको बैठक बस्यो ।

  himalayanvoice.com | ३० कार्तिक २०८२, शनिबार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online