ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मधेश प्रदेश : सात दलद्वारा प्रदेश सभा भवन अगाडी प्रदर्शन उपसभामुख बविता राउत ईशरको नेतृत्वमा प्रदेश सभा हलबाहिर चौरमा सात दलनिकट प्रदेश सभा सदस्यहरूको बैठक बस्यो । 

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेर पद खारेज गरेको विरोधमा सात दलीय गठबन्धनले प्रदेश सभा घेराउ गरी प्रदर्शन गरेको छ ।

सात दल निकट नेता तथा कार्यकर्ताहरूले जनकपुरधामको कुवारमा रहेको प्रदेश सभा भवन अगाडी भेला भएर सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले सभामुखमाथि महाअभियोग दर्ता भएको बेलामा प्रतिशोध स्वरूप पाँच जना सदस्यहरूलाई कारबाही गरिएको दाबी गरेका छन् ।

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले सभामुखमाथि महाअभियोगको प्रस्ताव प्रदेश सभामा पुगेपछि सोही दिन राति सभामुखले जसपाका ४ तथा नागरिक उन्मुक्तिका १ जना गरी पाँच जना सदस्यहरूमाथि गरिएको कारबाही प्रतिशोधपूर्ण भएको बताउनुभयो ।

सात दलका नेता तथा कार्यकर्ताले प्रदेश सभा घेराउ गरेपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उपसभामुख बविता राउत ईशरको नेतृत्वमा प्रदेश सभा हलबाहिर चौरमा सात दलनिकट प्रदेश सभा सदस्यहरूको बैठक बस्यो ।

  himalayanvoice.com | ३० कार्तिक २०८२, शनिबार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online