ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

डिम्ब तस्करी प्रकरणमा मुद्धा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्धा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ । 

कानुनका विद्यार्थी द्वय उपेन्द्र राउत र आयुष मिश्रले आज पेस गरेको रिट निवेदनमा उक्त विषयमा मुद्धा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने उहाँले बताउनुभयो ।

यसअघि, सर्वोच्च अदालतले डिम्ब निष्कासन तथा भण्डारणमा रोक्न सरकारका नाममा आदेश दिएको थियो ।

  himalayanvoice.com | १ मंसिर २०८२, आईतवार १०:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online