ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने: अध्यक्ष ओली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहोर्‍याउनु भएको  हो । उहाँले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले संसद् पुनः स्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशीलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

  himalayanvoice.com | १ मंसिर २०८२, आईतवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online