नेपाली काँग्रेसद्वारा निर्वाचनका लागि आयोगमा दल दर्ता 

काठमाडौँ । नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद  पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको निवेदन दिनुभएको हो ।

हिजो (शनिबार) बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×