ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूद्वारा विशेष भेलाको आयोजना

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको भोलि बिहीबार बस्ने बैठकबाट महाधिवेशनको मिति तय गर्न दबाब दिनका लागि कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाडौँमा विशेष भेला गरेका छन् ।

नेपाली काँग्रेसको वि.सं. २०१४ सालमा भएको पहिलो विशेष महाधिवेशनका सहभागी नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरुङ, अजयबाबु शिवाकोटी, लुम्बिनी प्रदेश समितिका सभापति अम्मरसिंह पुन, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

भेलामा नेता गुरु घिमिरेले संसारकै कीर्तिमान भङ्ग हुने गरी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गर्दै भोलीको बैठक समेत निर्णयमा नपुगी सर्न सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसले भदौ २३ र २४ गते पछिको राजनीतिक अवस्था र पार्टीको आगामी महाधिवेशन बारे छलफल गर्न असोज २८ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो भने असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी नियमित अधिवेशन हुन नसके विधान अनुसार विशेष महाधिवेशन हुनुपर्ने माग गरेका थिए ।

तर आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन अगाडि नै पार्टीको अधिवेशन गर्ने कि निर्वाचन पछि गर्ने भन्ने विवादका कारण केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

  himalayanvoice.com | ११ मंसिर २०८२, बुधबार ११:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online