ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गर्नुभयो ।

सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्व महामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, काँग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुग्नुभएको थियो ।

  himalayanvoice.com | १८ मंसिर २०८२, बुधबार ११:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online