महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गर्नुभयो ।

सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्व महामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, काँग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×