ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

निर्वाचनको तयारीबारे सर्वपक्षीय छलफल  प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने निर्वाचनको तयारीका सम्बन्धमा सरकारले विभिन्न सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे आज सर्वपक्षीय छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री कार्कीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग, तथा जेनजी अगुवासँगै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै नेपाली काँग्रेसका तर्फबाट गगनकुमार थापा र पुष्पा भुसाल, नेकपा एमालेको तर्फबाट नेताहरू शङ्कर पोखरेल र महेश बर्तौला नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट शक्तिबहादुर बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को तर्फबाट शिशिर खनाल र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजेन्द्र गुरुङ र भुवन पाठक लगायतका नेताहरू छलफलमा सहभागी हुनुभयो ।

यसैगरी छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शमशेर राणा तथा सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने निर्वाचनको तयारीका सम्बन्धमा सरकारले विभिन्न सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको छ ।

  himalayanvoice.com | २० मंसिर २०८२, शुक्रबार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online