ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

निर्वाचनको तयारीबारे सर्वपक्षीय छलफल  प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने निर्वाचनको तयारीका सम्बन्धमा सरकारले विभिन्न सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे आज सर्वपक्षीय छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री कार्कीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग, तथा जेनजी अगुवासँगै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै नेपाली काँग्रेसका तर्फबाट गगनकुमार थापा र पुष्पा भुसाल, नेकपा एमालेको तर्फबाट नेताहरू शङ्कर पोखरेल र महेश बर्तौला नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट शक्तिबहादुर बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को तर्फबाट शिशिर खनाल र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजेन्द्र गुरुङ र भुवन पाठक लगायतका नेताहरू छलफलमा सहभागी हुनुभयो ।

यसैगरी छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शमशेर राणा तथा सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने निर्वाचनको तयारीका सम्बन्धमा सरकारले विभिन्न सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको छ ।

  himalayanvoice.com | २० मंसिर २०८२, शुक्रबार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online