ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एमालेको बन्दसत्र दिउँसो सवा १२ बजेबाट सुरु हुने केन्द्रिय कमिटी र पदाधिकारीको संख्या बढाउने

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय सारिएको छ। आज बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र अब दिउँसो सवा १२ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय कमिटीको अन्तिम बैठक आज बिहान ९ बजे बस्ने भएकाले बन्दसत्रको समय सारिएको हो। हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि आजबाट बन्दसत्र सुरु हुन लागेको हो।

शनिबार भक्तपुरमा औपचारिक रूपमा उद्घाटन भएको नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्दसत्र आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा नेतृत्व चयनलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

केन्द्रिय कमिटीको बैठकबाट भदौमा सम्पन्न बिधान महाधिवेशनबाट तोकिएको केन्द्रिय कमिटी र पदाधिकारीको संख्या बढाउने र महाधिवेशनबाट अनुमोदन गराउने तयारी संस्थापन पक्षले गरेको छ । महाधिवेशनमा अध्यक्ष पदका दावेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको बिरोधका कारण महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकले संख्या बढाउने अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन हुन सकेको थिएन ।

बिधान महाधिवेशनले केन्द्रिय कमिटी २५१ र पदाधिकारी को संख्या १५ तोकेको छ ।

  himalayanvoice.com | २८ मंसिर २०८२, शनिबार २२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online