ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहारतः कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको अवधारणा पत्र प्रतिनिधिहरूलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उहाँको भनाइ थियो ।

यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार १३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online