ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मङ्गलबार बिहान ११:०० बजेदेखि ५:०० बजेसम्म मतदानको कार्यतालिका रहेको छ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७:०० बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान ८ः०० देखि ९ः०० बजेसम्म मतदाता नामावली उपर दाबी विरोध÷सुधार, सोही दिन बिहान ९ः३० बजे मतदाता नामावली उपर गरेको दाबी विरोध र सुधारको सुचना प्रकाशन, बिहान १०ः०० बजे दाबी विरोध उपर छानबिन र निर्णय गर्ने कार्यतालिका तय भएको नेकपा एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिनुभयो ।

यसैगरी, २९ गते बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ः०० देखि १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण, १०ः३० देखि १ः३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, २ः३० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३ः१० बजे उजुरी उपर छानबिन र निर्णय, ३ः१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तय भएको उहाँले बताउनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मङ्गलबार बिहान ११:०० बजेदेखि ५:०० बजेसम्म मतदानको कार्यतालिका रहेको छ। मतदान पश्चात् सोही दिन मतगणना, निर्वाचन परिणाम घोषणा गरिने छ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार १३:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online