ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठनअनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, खेलकुद तथा समाज कल्याण, गृह, सञ्चार तथा कानून, वन तथा वातावरण तथा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

त्यस्तै, महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएको छ । नेकपा माओवादीका जवाहरलाल कुशवाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

लोसपाका रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त हुनुभएको छ भने नेकपा एसका कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यसैबीच, प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

  himalayanvoice.com | ३० मंसिर २०८२, सोमबार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online