ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एमालेको परिमार्जित निर्वाचन तालिका : मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । 

एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको परिवर्तित निर्वाचन कार्यक्रम अनुसार मतदानको समय पुस १ गते मङ्गलबार मध्यान्ह १२ देखि ६ बजेसम्म सरेको छ ।

यसअघि सोमबार साँझ ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा परिवर्तित निर्वाचन कार्यतालिका अनुसार यो समय राति ८:३० बजे सरेको छ ।

उहाँकाअनुसार भोलि मतगणना पश्चात् निर्वाचन परिणाम घोषणा गरिने छ । त्यसपछि निर्वाचन समितिले तोके अनुसार प्रमाण–पत्र प्रदान र नतिजा प्रकाशनपछि शपथ ग्रहणको कार्यतालिका रहेको छ ।

एमालेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिनुभएको छ ।

  himalayanvoice.com | ३० मंसिर २०८२, सोमबार ११:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online