ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एमाले महाधिवेशन : मतदान बुधबार बिहान हुने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिनुभएको हो ।

मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि थप तयारी गरेर भोलिमात्र गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनुहुनेछ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको हो । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ ।

  himalayanvoice.com | १ पुष २०८२, मंगलवार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online