ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखविरुद्ध दुई करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।

उहाँका अनुसार मुनंकर्मी सार्वजनिक पदमा बहाल रहेको मिति २०५४ साल फागुन १ गतेदेखि मिति २०८० मङ्सिर १४ गतेसम्मको अवधिमा जाँच गर्दा निज र निजको एकाघर परिवार÷सगोलमा रहेका व्यक्तिहरुको पारिश्रमिकतलब बचत, जग्गा बिक्री आय, ऋण सापटी आय, शेयर बिक्री आय, लाभांशमुनाफा आय, दैनिक भ्रमण भत्ता, पुरस्कार लगायत विभिन्न आयका स्रोतबाट जम्मा आय तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपियाँ रहेको देखिएको छ।

यसैगरी, सोही समयमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन मोटरसाइकल खरिद, सुनको गरगहना, बिमा प्रिमियम भुक्तानी, अध्ययन शुल्क, ऋण सापटी लगायत जम्मा व्ययतर्फ ६ करोड २४ लाख १५ हजार ९६१ रुपियाँ देखिएको छ।

आयोगका अनुसार सो अवधिमा कुल आयभन्दा कुल व्यय जम्मा दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ बराबरको स्रोत पुष्टि भएको नदेखिएका कारण सो रकम बिगो कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनी र उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

  himalayanvoice.com | १ पुष २०८२, मंगलवार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online