ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यअवधि एक महिना थप

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित आज बसेको मन्त्रिपरिषद् बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्री खरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने पनि निर्णय भएको बताउनुभयो ।

मन्त्री खरेलले २०७८ सालको राष्ट्रिय जनजागरणको प्रतिवेदन बमोजिम दलित आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची एकलाई संशोधन गर्नका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरिएको बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नुवाकोटको बिदुर नगरपालिकामा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सरकार प्रवक्ता एवं मन्त्री खरेलले विभिन्न बाल सुधार गृहमा रहेका रही सुधार अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई राख्ने गरी नुवाकोटको बिदुर नगरपालिकामा रहेको केन्द्रीय कारागारको खाली ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

  himalayanvoice.com | ३ पुष २०८२, बिहीबार ११:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online