ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

महाधिवेशनपछि पनि गुट भेला हानिकारक हुन्छ : नेता ज्ञवाली

काठमाडौं ।  नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनले नेतृत्व अनुमोदन गरिसकेकाले छुट्टै भेला बसाउनु पार्टीका लागि हानीकारक भएको बताउनुभएको छ । नेता ईश्वर पोखरेल समूहको अलग्गै भेलालाई लक्षित गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ र त्यसपछि पनि ‘मुद्दा कायमै’ राख्ने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ। ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,’ ज्ञवालीले भन्नुभयो ।

उहाँले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नहरूको उत्तर दिनु रहेको स्पष्ट पार्नुभयो । महाधिवेशनअघि उठाइएका मुद्दा बोकेर अझै पनि ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटोमा हिँड्नु पार्टीका लागि निरर्थक हुने ज्ञवालीको ठहर छ।

ज्ञवालीले छोटो अवधिमै पार्टीलाई संगठित र स्थिर अवस्थामा ल्याउन सफलता मिलेको दाबी गर्दै अब एमालेको ध्यान ठुला राष्ट्रिय जिम्मेवारीतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको छ। उहाँले अब पार्टीको समग्र ऊर्जा आन्तरिक विवादभन्दा बाहिर निस्केर राष्ट्रिय एजेन्डामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

यसैबिच, पूर्व राष्ट्रपति विद्या भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको सन्दर्भमा ज्ञवालीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। गणतान्त्रिक व्यवस्था स्थापना गर्न योगदान दिएको व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक भएको उहाँको प्रतिक्रिया छ।

  himalayanvoice.com | ७ पुष २०८२, सोमबार १३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online