ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

प्रतिनिधि सभा पुनर्स्थापना मुद्धामा थप साठी सांसद सरिक हुने

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा थप ६० सांसदलाई सरिक हुने अनुमति सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उहाँहरूलाई मुद्दाको कामकारबाहीमा सरिक हुन दिने आदेश गरेको हो । नेपाली कांग्रेसका ५७ तथा अन्य दुई दल र एक स्वतन्त्र गरी विघटित प्रतिनिधि सभाका ६० सांसदले मुद्दामा सहभागी हुनका लागि मङ्गलबार पूरक निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूरक निवेदन दिने निवेदकलाई मागबमोजिम मुद्दाका कामकारबाहीमा सरिक हुने अनुमति इजलासबाट भएको जानकारी दिनुभयो । यसअघि विघटित सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीलालगायत आठ सांसदले मङ्सिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटमा संवैधानिक इजलासले पुस २ गते कारण देखाऊ आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ बमोजिम सरोकारवालाका रूपमा मुद्दाको कारबाहीमा सरिक हुन पाऊँ भनी निवेदन दिइएको हो । नियमावलीको नियम ४७ (२) को व्यवस्था अनुसार निवेदन उचित लागेमा अदालतले कामकारबाहीमा संलग्न गराउने आदेश दिन सक्ने व्यवस्था छ ।

प्रतिनिधि सभा पुनस्र्थापनाको माग लिएर नेकपा (एमाले) का तर्फबाट समेत सर्वोच्चमा रिट दायर भई विचाराधीन छ । एमालेले संस्थागत निर्णय गरेर विघटित प्रतिनिधि सभाका दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालमार्फत मङ्सिर १० गते सर्वोच्चमा रिट दर्ता गरेको थियो । मङ्सिर १७ गते संवैधानिक इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो । विघटन र सरकार गठनसँग सम्बन्धित अन्य १६ रिट निवेदन पनि सर्वोच्चमा विचाराधीन छन् ।

  himalayanvoice.com | ९ पुष २०८२, बुधबार २२:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online