ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आजपनि जारी

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बिहीबार पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको सूची र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार सुरु बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेका प्रस्तावमाथि परामर्श भएको हो । बैठकमा उपसभापति धनराज गुरुङले महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने, नयाँ नेतृत्वले मतदातालाई कांग्रेसको विचार, नीति र कार्यक्रम बुझाउन सक्नुपर्ने बताउनुभयो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कार्यतालिका वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर पुस २६ गते नै १५ औँ महाधिवेशन गर्न प्रस्ताव गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्यका लागि सरकारले फागुन २१ गते तय गरेको निर्वाचनको वातावरण उपयुक्त बन्न नसकेकाले सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिन र संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ गते सात प्रदेशको सात क्षेत्रमा निर्वाचन गर्न सकिने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने बताउँदै यस पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारको साथमा पुग्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेरो आग्रह छ, चुनावमा अनुहार बदलेर जानु पर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीलाई अवसर दिनु पर्छ ।” बैठकमा अन्य वक्ताले महाधिवेशन गरेर निर्वाचनमा जुट्नुपर्ने बताउनुभयो । बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले बोल्नुभयो ।

  himalayanvoice.com | १० पुष २०८२, बिहीबार २३:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online