ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

डिएसए स्टार विजेता घोषणा

काठमाडौँ। परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जित्नुभयो । काव्या पौडेल ‘फस्र्ट रनरअप’, अभिश्री तामाङ ‘सेकेन्ड रनरअप’, लिओना आलेमगर ‘थर्ड रनरअप’, बन्नुभयो । ‘प्री टिन डान्सिङ स्टार’ तर्फ अभियान गिरी विजेता, प्रियांसी सापकोटा ‘फस्र्ट रनरअप’, सोफी चापागाईं ‘सेकेन्ड रनरअप’, स्मृति अधिकारी ‘थर्ड रनरअप’ हुनुभयो ।

‘जुनियर सिङ्गिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुम्नुभयो । आश्ना खत्री ‘फस्र्ट रनरअप’, अंश आचार्य ‘सेकेन्ड रनरअप’ र अदिति खड्का ‘थर्ड रनरअप’ बन्नुभयो । ‘प्री टिन सिङ्गिङ स्टार’ तर्फ आयुष पौडेलले उपाधि जित्नुभयो । सगिस्ता रानामगर ‘फस्र्ट रनरअप’, सोनिया सिँजाली ‘सेकेन्ड रनरअप’ र सम्पदा उप्रेती ‘थर्ड रनरअप’ हुनुभयो । ‘एक्टिङ स्टार’ तर्फ आरोहण रिजालले शीर्ष उपाधि हासिल गर्नुभयो । सो विधामा सियोना अर्याल ‘फस्र्ट रनरअप’, नीलग्रिभ खतिवडा ‘सेकेन्ड रनरअप’ र अनामिका रिजाल ‘थर्ड रनरअप’ बन्नुभएको थियो ।

कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ ले सम्मान गरिएको थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताउनुभयो ।

  himalayanvoice.com | १४ पुष २०८२, सोमबार १४:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online