भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने

अमेरिका । भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जानकारी गराउनुभएको हो ।

रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुहुनेछ ।

उटाहका सिनेटर लीकाअनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।

यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएलाविरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्न समेत उठाउनुभएको छ । उहाँले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×