ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने

अमेरिका । भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जानकारी गराउनुभएको हो ।

रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुहुनेछ ।

उटाहका सिनेटर लीकाअनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।

यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएलाविरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्न समेत उठाउनुभएको छ । उहाँले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताउनुभयो ।

  himalayanvoice.com | १९ पुष २०८२, शनिबार २३:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online