ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधरको बेग्लाबेग्लै छलफल

ललितपुर । नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा सुरु भएको बहसको तार्किक निष्कर्षका लागि दुवै पक्ष चरणबद्ध संवादमा जुटेका छन् । कांग्रेसको १५ औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा उठेको बहस सहमतिमार्फत समाधान गर्ने गरी शीर्ष नेताहरूले छलफल थालेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । संस्थापन इतर पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेको छ । कांग्रेसभित्र छुट्टाछुट्टै महाधिवेशन घोषणा भएपछि नेताहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका हुन् ।

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखकसहितका नेताहरूले शनिबार बिहान पार्टीमा देखिएको विवाद समाधानबारे छलफल गर्नुभयो । बैठकमा नियमित र विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न बहसको सहज प्रस्थानविन्दु खोज्ने विषयमा पनि छलफल भयो । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्र देखिएका बहस निराकरणका लागि शीर्ष नेताहरू समाधानमुखी संवादमा जुट्नुभएको बताउनुभयो ।

कानुनविद्सँग छलफल

विशेष महाधिवेशन घोषणापछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कानुनविद्सँग छलफल गर्नुभएको छ । उहाँहरूले कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर र निवेदन बुझाइसकेको र पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिएकाले यसको कानुनी आधारबारे कानुनविद्सँग राय लिनुभएको हो ।

छलफलमा सहभागी नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कांग्रेसको विधानको धारा १७(२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले निवेदन दिएमा ९० दिनभित्रै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेकाले यसको प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको विधानले जे भन्छ, गर्ने त्यही हो । विधान मान्नु सबैको कर्तव्य हो र विधानतः कांग्रेस विशेष महाधिवेशनमा जानु पर्छ ।” संविधानविद् एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशन अघि बढाउने निर्णयमा सैद्धान्तिक सहमति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेको र विधान अनुसार विशेष महाधिवेशनमा जानैपर्ने प्रावधान रहेकाले यसलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ ।” महामन्त्री शर्माले नियमित महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नभएकाले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णयमा पुगेको बताउनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत पार्टीमा जागरण आउने बताउँदै पार्टी एकताबद्ध रहने प्रस्ट पार्नुभयो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले नियमित र विशेष महाधिवेशन घोषणापछि पार्टीमा चुलिएको विवादबारे आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्य र नेताहरूसँग छलफल गर्नुभएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीभित्रको सङ्कट, निर्वाचन, देशमा देखिएका अन्य समस्याका सन्दर्भमा छलफल भएको छ ।

  himalayanvoice.com | १९ पुष २०८२, शनिबार २३:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online