ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन देउवाको अपिल

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बोलाएको बैठक सकिएको छ ।सभापति देउवा निवास महाराजगञ्जमा बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकाल्दै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन अपिल गर्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

बैठकमा कार्यसम्पादन समितिको बैठकमा भएको निर्णयहरू कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरेको थिए ।

विफ्रिङ लगतै देउवाले आफू निकटका नेताहरूलाई विशेष महाधिवेशनको औचित्य समाप्त भएको जानकारी दिए । देउवाको भनाइ उद्धृत गर्दै निधिले भने,‘अब यो विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । देशभरिबाट सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई यहाँ आउनुपर्ने जरुरी छैन ।’

देउवाले महाधिवेशन नहुने भएपछि निर्वाचनमा होमिन सबैलाई आह्वान गरेको निधिले बताए ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online