ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन देउवाको अपिल

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बोलाएको बैठक सकिएको छ ।सभापति देउवा निवास महाराजगञ्जमा बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकाल्दै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन अपिल गर्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

बैठकमा कार्यसम्पादन समितिको बैठकमा भएको निर्णयहरू कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरेको थिए ।

विफ्रिङ लगतै देउवाले आफू निकटका नेताहरूलाई विशेष महाधिवेशनको औचित्य समाप्त भएको जानकारी दिए । देउवाको भनाइ उद्धृत गर्दै निधिले भने,‘अब यो विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । देशभरिबाट सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई यहाँ आउनुपर्ने जरुरी छैन ।’

देउवाले महाधिवेशन नहुने भएपछि निर्वाचनमा होमिन सबैलाई आह्वान गरेको निधिले बताए ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online