काठमाडौँ । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।
बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् ।
प्रतिक्रिया