ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमाले सचिवालय बैठक: निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

निर्वाचन परिचालन कमिटीमा नेताहरू विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र डा. भिस्म अधिकारी सदस्य रहनुभएको छ ।

एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणा पत्र तयारी समिति समेत गठन गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो ।

बैठकले निर्वाचन परिचालन र प्रदेशको संयोजन गर्ने गरी विभिन्न प्रादेशिक कमिटीहरूसमेत गठन गरेको छ ।

कमिटीको कोशी प्रदेश संयोजकमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, उपत्यकामा डा राजन भट्टराई संयोजक रहनुभएको छ ।

त्यसैगरी गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक रहनुभएको छ ।

बैठकले भानुभक्त ढकाललाई सङ्गठन विभागको संयोजकको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेससँग छलफल गर्ने र उम्मेदवारहरूको टुङ्गो लगाउने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको छ ।

बैठकमा पार्टी अध्यक्ष ओलीले संविधानको रक्षाका लागि लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार १४:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online