ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

यस्तो छ मधेसका आठ जिल्लाका सभापतिको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।

प्रदेशका आठवटै जिल्ला सभापतिद्वारा आआफ्नो जिल्लाको लेटरप्याडमा प्रेस संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन् ।

कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।

विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासन पालना गर्न आह्वान गरिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरिएको छ ।

जिल्ला सभापतिहरूमा महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव शाह, सर्लाहीका डा सरोजकुमार यादव, बाराका राजेशराय यादव, सिरहाका रामचन्द्र यादव, रौतहटका सुनिलकुमार यादव, पर्साका जनार्दन सिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियारले हस्ताक्षर गर्नुभएको छ । पार्टीको हित, प्रतिष्ठा र सङ्गठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

  himalayanvoice.com | २५ पुष २०८२, शुक्रबार १२:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online