काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गए राति निधन भएपछि काँग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।
विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।
भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत् रहेको नेता आचार्यले बताउनुभयो । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदै छ ।
प्रतिक्रिया