ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काँग्रेसको विशेष महाधिवेशन : साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री द्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गर्नुभएको छ ।

काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुई दिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठ वटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा गर्नुभएको थियो ।

नेपाली काँग्रेसका नेताहरूको उद्घाटन सत्रका क्रममा मन्तव्य राख्ने र सहभागी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गर्ने क्रम अहिले पनि जारी छ ।

  himalayanvoice.com | २७ पुष २०८२, आईतवार १३:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online