ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

काँग्रेसको विशेष महाधिवेशन : साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री द्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गर्नुभएको छ ।

काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुई दिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठ वटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा गर्नुभएको थियो ।

नेपाली काँग्रेसका नेताहरूको उद्घाटन सत्रका क्रममा मन्तव्य राख्ने र सहभागी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गर्ने क्रम अहिले पनि जारी छ ।

  himalayanvoice.com | २७ पुष २०८२, आईतवार १३:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online