ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

धनगढी । कैलालीको धनगढीमा चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड आज सम्पन्न भएको छ । सुप इन्टरटेनमेन्ट हाउस प्रालि तथा बाडुल्की मिडिया हाउस प्रालिको आयोजनामा म्युजिक अवार्ड कार्यक्रम भएको हो ।

यस वर्षको सर्वोत्कृष्ट8 भाषाभाषी गीत अभिनय पुरुषतर्फ ‘मुटु खाने मायाजाल’ गीतका अभिनेता रमेश सिलवालले पाउनुभएको छ । महिलातर्फ ‘रगत मिसिजाउ’ की सुनिता विकले अवार्ड पाउनुभयो ।

यस्तै सर्वोत्कृष्ट उद्घोषक अवार्ड प्रेम बोगटी, सर्वोत्कृष्ट भाषाभाषी गीत गायनतर्फ डिल्लीराज जोशी र सनम परियारलाई अवार्ड प्रदान गरिएको छ । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनतर्फ मासुम बिष्ट र सर्वोत्कृष्ट भाषाभाषी गीत सर्जकतर्फ क्रिश भण्डारीले अवार्ड जित्नुभयो ।

सर्वोत्कृष्ट भाषाभाषी गीत गायन पुरुषतर्फ सेरी औजी गीत, महिलातर्फ रूपा बुढा, सर्वोत्कृष्ट देउडा गीत अभिनय पुरुषतर्फ भूपी उपाध्याय, महिलातर्फ कविता खड्काले अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कनतर्फ गणेश साउँद, भाषाभाषी गीत अभिनय पुरुषतर्फ भानु चौधरी, महिलातर्फ पुष्पा बडैलाले अवार्ड जित्नुभयो ।

सर्वोत्कृष्ट कला पत्रकारितातर्फ सन्तोष पाण्डेय, चन्द्र मल्ल (पब्लिक च्वाइस) र भक्तराज जोशीले अवार्ड पाउनु भएको छ । सर्वोत्कृष्ट देउडा गीत गायन पुरुषतर्फ सुनिल नेपाली, महिलातर्फ गौरी भट्ट र सर्वोत्कृष्ट देउडा गीत २०८२ को अवार्ड रीतिका सिग्देलको गीत ‘छुट्टिन गाह्रो भो’ ले प्राप्त गरेको छ ।

सुप इन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष सुन्दर चन्द (अनुप) को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेशसिंह धामी रहनू भएको थियो । कार्यक्रममा उहाँले कला–संस्कृति र संगीतले समाज रूपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

कार्यक्रममा टेकबहादुर ऐरलाई लाइफटाइम एचिभमेन्ट सम्मान, माया प्रकाश भट्टलाई पर्यटन प्रवद्र्धन सम्मान, प्रेमनिधी ओझालाई शैक्षिक सम्मान, हिक्मत रावललाई कला पत्रकारिता सम्मान, हरिना साउदलाई गायिका सम्मान प्रदान गरिएको छ । यस्तै हेमन्त विवशलाई दर्शक साहित्य सम्मान, कल्पना भट्टलाई समाजसेवा सम्मान, डा. विवेक जोशीलाई स्वास्थ्य सेवा सम्मान, केपी कलौनीलाई कला सम्मानबाट सम्मानित गरिएको छ ।

अवार्डका विभिन्न विधामा प्राप्त स्रष्टा तथा प्रतिभाहरूको मूल्याङ्कनका लागि तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिको संयोजकमा वरिष्ठ गायक नरेन्द्रराज रेग्मी, सदस्यमा पत्रकार खेमराज उपाध्याय र वरिष्ठ निर्देशक भीम थापा रहनुभएको थियो ।

  himalayanvoice.com | ७ माघ २०८२, मंगलवार १३:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online