ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

सुरवी मिस लिटिल नेवाः घोषित

काठमाडौँ । बालिकाबिचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी वज्राचार्य १५ औँ मिस लिटिल नेवाः घोषित हुनुभएको छ । उहाँले मिस लिटिल नेवाःको ताजसहित नगद २५ हजार रुपियाँ तथा विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौँको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप र कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअप बन्नुभएको थियो । दुवैले उपविजेता र सहविजेताको ताजसहित व्रmमशः १५ र १० हजार रुपियाँ नगद र विभिन्न उपहार प्राप्त गर्नुभएको थियो । लायन्स क्लब इन्टरनेसनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर मनिश्रीरत्न वज्राचार्य मुख्य निर्णायक रहनुभएको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायकमा हुनुहुन्थ्यो ।

आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित गरी नेवार हुनुमा गर्व गराउने उद्देश्यले १५ वर्षदेखि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । प्रतियोगिता मिस नेवाः सकिना महर्जन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार १०:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online