ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

प्रेम–विछोडको कथा ‘रमिताको पिरती’

काठमाडौँ । सुदिप्ताको डेब्यु निर्देशन रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले चलचित्रलाई मायाप्रेमको कथाभन्दा पनि प्रेम–विछोडको कथाका रूपमा दर्शकमाझ पस्कन खोजेको बताउनुभयो ।

माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा रमिता अर्थात् आना शर्मा देखिनुभएको छ । साथै यसै चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दै हुनुहन्छ । सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीलगायतको अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माताका रूपमा छ । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ ।

  himalayanvoice.com | १५ माघ २०८२, बुधबार २१:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online