ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

हिमपातपछि कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।

भारी हिमपातका कारण यहाँको कागबेनी-मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् ।

बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो ।

मुक्तिनाथ जाने कागबेनी-मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोटलगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडकअवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

यसैगरी हिमपातपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पर्यटकको आगमनमा समस्या र चुनौती थपिएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । हिमपात अघि दैनिक ५०० भन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित ज्यादै नगण्य रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो ।

कागबेनी-मुक्तिनाथ अवरुद्ध सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित रहने व्यवस्थापक भुसालले बताउनुभयो ।मङ्गलबार रातिको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातका कारण वारागुङ मुक्तिक्षेत्रमा पर्ने झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायतका गाउँ पूरै हिउँले सेताम्मे भएका छन् ।

मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा पूरै हिउँ जमेका कारण यहाँ जसोतसो दर्शन गर्न आएका भक्तजनलाई पनि स्नान गर्न र मन्दिरको दर्शन गर्न कार्यमा बाधा अवरोध पु¥याएको जनाइएको छ । हिमपातपछि चिसो अत्यधिक बढेकाले दर्शनार्थीलाईसमेत लेंक लाग्न सक्ने जोखिम रहेको छ ।

मुस्ताङमा भारी हिमपात भएपछि बुधबारदेखि कागबेनी-कोरला र मुक्तिनाथ सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म सडकमा दुई फिट बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने दर्शनार्थी बुधबार बिहानैदेखि कागबेनीमै रोकिएको उल्लेख गर्नुभयो ।

यसैगरी मौसम खुलेमा कागबेनी-सडक हिउँ पग्लिएर सञ्चालनमा आउन सक्ने प्रहरी निरीक्षक बस्यालको भनाइ छ । हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । रासस

  himalayanvoice.com | १६ माघ २०८२, बिहीबार १४:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online