ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

अभिनेता सुनिल थापाकाे निधन

काठमाडौँ । अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो ।

“बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भन्नुभयो ।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । “उहाँको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भन्नुभयो ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रकाे अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।

  himalayanvoice.com | २५ माघ २०८२, शनिबार १४:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online