ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

फिल्म ‘लालिमा’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ,। आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत अभिनेत्री रोशनी कार्की र अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायत कलाकारका दृश्य समावेश गरेर फिल्मको कथाबारे जानकारी दिन खोजिएको छ । भिडियोमा रोशनी र जीवनको द्वन्द्व तथा प्रेम देख्न सकिन्छ । रोशनीको चरित्रमा यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको अवस्थालाई भिडियोमा देखाइएको छ ।

यस गीतमा गायिका प्रीति कौरले स्वर दिनुभएको छ । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरकै रहेको छ । गीतको एरेन्ज, मिक्सिङ, मास्टरिङ र सङ्गीत जोशीले गर्नुभएको हो । रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौलालगायतको अभिनय छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ । हालको अवस्थामा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा प्रदर्शन हुने ‘लालिमा’ एक मात्र फिल्म हो ।

  himalayanvoice.com | ६ फाल्गुन २०८२, बुधबार २२:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online