ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

‘लालीबजार प्रदर्शन पछि बादी समुदायको प्रतिक्रिया, ‘चलचित्र मेरो पनि कथा हो’

काठमाडौँ । चलचित्र ‘लालीबजार’ बादी समुदायका महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । शासकको शोषणमा परेकी एक आमाले आफ्नो सन्तानलाई शिक्षा ज्योति दिन गरेको सङ्घर्ष नै चलचित्रको मूल कथा हो ।

चलचित्र हेरिसकेपछि बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । चलचित्रको विषयवस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठुलो पर्दामा हेर्दा आँखा रसाएको बादी समुदायकी अभियन्ता देवीसरा बादीले बताउनुभयो । उहाँका अनुसार, “चलचित्र मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनुभयो, मैले चलचित्र हेरिरहँदा आमालाई देखेँ । हरेक आमाछोरीले हेर्न पर्ने चलचित्र बनेको छ ।” उहाँले चलचित्रलाई लिएर समुदायले कुनै आपत्ति जनाउने ठाउँ नरहेको जनाउँदै चलचित्र हेरेर मात्र धारणा बनाउन आग्रह गर्नुभयो । चलचित्रले बादी मात्र नभई अन्य कुनै समुदायको भावनामा ठेस नपु¥याउने क्रिसा बादीले बताउनुभयो । ‘चलचित्रले मलाई मेरो आमाको पीडा र सङ्घर्ष महसुस गरायो । चलचित्र हेरिरहँदा म निकै रोएकी छु,” उहाँले भन्नुभयो ।

त्यस्तै बादी समुदायकै अभियन्ता सुमन बादीले चलचित्रबारे बाहिर सुनिएको हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँका भन्नुभयो, “चलचित्र बन्ने कुरा सुन्दा मैले पनि के कस्तो होला भन्ने सोचेकी थिएँ तर चलचित्रमा हाम्रो समुदायमा महिलाले गरेको सङ्घर्ष र त्यसको सफलतालाई चित्रण गरिएको छ । यसको मूल सन्देश नै तारिफयोग्य छ ।”

  himalayanvoice.com | २७ बैशाख २०८३, आईतवार २३:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online