मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्‍मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।

आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो ।

कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×