नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।

उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×