काभ्रेको सेल्फी डाँडा बस दुर्घटनामा मृत्यू भएका ८ जना मध्ये ४ जनाको सनाखत


मृत्यु हुनेमा रोशी गाउँपालिका – ७ की ३४ वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर ६ का ७५ वर्षीय इन्द्र बहादुर झाँक्री, वडा नम्बर ६ का ६० वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका ३० वर्षीय बम बहादुर भण्डारी रहेका छन् 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मृतक ८ मध्ये ४ जनाको सनाखत भएको हो । 

मृत्यु हुनेमा रोशी गाउँपालिका – ७ की ३४ वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर ६ का ७५ वर्षीय इन्द्र बहादुर झाँक्री, वडा नम्बर ६ का ६० वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका ३० वर्षीय बम बहादुर भण्डारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार भण्डारी नेपाली सेनाका अमल्दार कर्मचारी हुनुहुन्छ । 

बनेपाबाट रोशी गाउँपालिकाको वडा नम्बर ६ सुँगुरेतर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस आज दिउँसो विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका– २ बुच्चाकोटको भिरबाट खसेको थियो । 

बसमा सवार मध्ये १६ जना घाइते छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×