काठमाडौँ । नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जित्नुभएको छ ।
शुक्रबार भएको प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।

