रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार महाधिवेशनका प्रतिनिधाहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधाहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता  गरिनेछ । उहाँका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली राति  १०ः०० बजे प्रकाशन गरिनेछ । 

रास्वपा महाधिवेशनको बन्दसत्र चितवन, ९ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मङ्गलबार चितवनमा आयोजित बन्दसत्रको उद्घाटन कार्यक्रममा सहभागी पार्टीका नेताहरू । तस्बिर: प्रदीपराज वन्त/रासस
उम्मेदवार विरुद्ध दाबी विरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाबी विरोध परेका उम्मेदवारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेदवारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।  अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो ।

बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×