ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

रसुवागढी क्षेत्रको बाढी : बेपत्ता चीनिया सहित सबैकाे पहिचान खुल्यो

रसुवा, असार २४ गते । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन्।

यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिनुभएको छ। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।

यी हुन् बेपत्ता ३ प्रहरी

– प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

– प्रहरी जवान मुन्ना ठाकुर

– प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

– फुर्वा लामा

– गोविन्द मोक्तान

– लोकमान तामाङ

– जिपन चौधरी

– सन्तोष दइत

– बुद्धिराम थारू

– लक्ष्मीनारायण थारू

– सुरेश थारू

– नरेन्द्र विक

यी हुन् बेपत्ता ६ जना चिनियाँ नागरिक

– यु युइ

– ली हुवाछिन

– याङ चुआन

– यु हाइ हाङ

– यु छिआओ छुइ

– जोउ योङ

  himalayanvoice.com | २४ असार २०८२, मंगलवार १३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online