ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

ट्रम्पसँगको भेटवार्तामा नेतान्याहूद्वारा बन्धकको रिहाइ र हमासको पराजयका लागि अभियान जारी रहेको दावी

जेरुसेलम, (एएफपी)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताउनुभएको छ ।

दुई नेताबिचको दोस्रो बैठकमा मङ्गलबार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई गाजामा युद्धको त्रासदी अन्त्य गर्न सक्ने सम्झौतामा पुग्न दबाब दिनुभएको थियो । नेतान्याहूले एक विज्ञप्तिमार्फत जारी वार्ताका क्रममा इजरायलको उद्देश्यलाई पुनः पुष्टि गर्दै बन्धकहरूलाई मुक्त गर्ने प्रयासमा ध्यान केन्द्रित गरेको बताउनुभएको थियो ।

नेतान्याहुले भन्नु भयो हामी हार मानिरहेका छैनौँ र यो हाम्रा वीर सैनिकहरूको सैन्य दबाबका कारण सम्भव भएको हो । उहाँले भन्नुभयो, “हाम्रा सबै जीवित र मृतक बन्दीहरूको रिहाइ, र हमासको सैन्य र शासकीय क्षमताहरूको उन्मूलनले गर्दा गाजा फेरि कहिल्यै इजरायलका लागि खतरा नहुने सुनिश्चित गर्दछु ।”

नेतान्याहूले सैन्य दबाब आवश्यक रहेको बताउदै उत्तरी गाजामा मङ्गलबार पाँच इजरायली सैनिकको मृत्यु भएको बताउनुभएको छ । हालैको इरान-इजरायल युद्धलाई लिएर ट्रम्पले इजरायलका लागि कडा अमेरिकी समर्थन कायम राखेता पनि गाजामा नरक भन्दै अन्त्य गर्न दबाब बढाइरहनुभएको छ ।

अमेरिकी नेताका विशेष दूत स्टिभ विटकोफले इजरायल र हमासबिचको सम्झौताको लागि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेको जनाइएको छ । इजिप्ट र अमेरिकासित मध्यस्थता गरिरहेको कतारले वार्ताका लागि थप समय आवश्यक रहेको बताएको छ ।

पछिल्लो समयमा गाजाको नागरिक सुरक्षाले बुधबार खान युनिस र प्यालेस्टिनी क्षेत्रको उत्तरमा रहेको शिविरमा भएको इजरायली आक्रमणको क्रममा प्यालेस्टिनी लडाकूहरूले लिएका २५१ जना बन्धकहरूमध्ये ४९ जना अझै पनि गाजामा रहेको र २७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी अभियानमा गाजामा अधिकांश नागरिकसहित कम्तिमा ५७ हजार ५७५ जनाको मृत्यु भएको छ ।

  himalayanvoice.com | २५ असार २०८२, बुधबार १३:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online