ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन |मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन|विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा|सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता|पूर्व मन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन, (एएफपी)। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँच वटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भन्नुभयो, “रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।”

उहाँले रुसलाई ड्रोन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र तेल निर्यातमार्फत आर्थिक लाभ लिने पक्षहरूलाई पनि उपयुक्त कारबाहीको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । हाल कायम रहेका पश्चिमी प्रतिबन्धहरूको बाबजुद पनि तेल निर्यात रूसी अर्थतन्त्रको प्रमुख स्रोत रहँदै आएको छ ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार ११:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online