ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

राजश्व छलीमा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । राजश्व छली गरी ल्याएर विक्री गर्ने सामग्रीसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँको सिनामंगलबाट उनलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपियाँको सामग्री सहित चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु याङलाई प्रहरीले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

उनको साथबाट विभिन्न मोडेलको ल्यापटपको ब्याट्री, विभिन्न कम्पनीको ल्यापटपको तयारी अवस्थामा रहेको ब्याट्री, ब्याट्रीका पार्टपुर्जा, ब्याट्रीको करभहरू, विभिन्न किसिमका साना ब्याट्री , विभिन्न ब्रान्डका सिसिटिभी क्यामेरा, स्क्रुड्राईभर सेट, चाइनिज फाइबरको ब्लाङकेट, ब्याट्रीमा प्रयोग हुने कभर, वाई फाइ राउटर, स्मार्ट घडीलगायतका सामग्री बरामद गरिएको छ । उनलाई थप अनुसन्धान सुरु गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | १ श्रावण २०८२, बुधबार ११:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online