ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

लस-एन्जलस। बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियाे । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएकाे छ ।

भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।

अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए । “दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ”, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी) ले जनाएकाे छ ।

युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी पराकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठुलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो ।

सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ । स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट (६.१ सेन्टिमिटर) उचाइको सुनामी अवलोकन गरिएको थियो ।

“स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोवास नगर्नुहोस्”, एनटिडब्लुसीले उल्लेख गरेकाे छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ । सन् १९६४ मार्चमा ९।२ म्याग्निच्युडको भूकम्प गएको थियो । यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो ।

उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो । भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो ।

सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १०:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online