चाहानालाई मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

काठमाडौँ। मिस ग्राण्ड नेपाल २०२५  को उपाधि रामेछापकी चाहाना प्रधानले जित्नुभएको छ। देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल हुनुभएको छ। 

त्यसैगरी गरिमा गुरुङले  मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले  मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल हुनुभएको छ।

फरक फरक विधामा छानिएका चार  विजेताले  नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के  इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिनुभयो।

कार्यक्रममा  देशभरका युवा प्रतिभाको सहभागिता रहेको थियो।  कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कँडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा रामहरि सिलवाल उपस्थित हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×