ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ ।

बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० गोलले पराजित भएपछि नेपाल उपविजेतामा सिमित बन्यो ।

बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

बङ्गलादेशको जितमा सबै गोल मोसमत सागोरिकाले गर्नुभयो । आठौँ मिनेटमा गोलको खाता खोल्नुभएकी उहाँले ५१औँ र ५८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । त्यसपछि सागोरिकाले ७७औँ मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो ।

नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । दोस्रो लेगमा बदला लिँदै उपाधि जित्ने नेपालको योजना सफल भएन ।

सोमबार नै भएको अर्को खेलमा श्रीलङ्कालाई हराउँदै भुटान तेस्रो भएको छ । डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको थियो ।

  himalayanvoice.com | ६ श्रावण २०८२, सोमबार १२:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online