ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बाढीका कारण केरुङमा अड्किएका दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

रसुवा, । गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल बगाएपछि चीनको केरुङमा अड्किएका नेपाली नागरिक बुधबार तातोपानी नाकाबाट स्वदेश फर्किंदै छन् ।

चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार उनीहरूलाई लिएर गएको चिनियाँ सवारी साधन बिहान ७ बजेतिर (चिनियाँ समयअनुसार) तातोपानी नाकातर्फ लागिसकेको छ ।

“बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीहरूलाई आज तातोपानी हुँदै नेपाल पठाइँदैछ,” आचार्यले जानकारी दिनुभयो ।

फर्कने यात्रुहरूमा मुख्यतया सवारी चालक, बिरामी भएका व्यक्ति, नियमित औषधी सेवन गर्ने र औषधी सकिएका गरी करिब २०३ जना रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

“काठमाडौँसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फको यात्रा चीन सरकारले व्यवस्थित बनाएको छ,” उहाँले थप जानकारी दिनुभयो ।

यद्यपि, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अहिले सञ्चालनमा आए पनि मितेरी पुल पुनर्निर्माण नभएसम्म रसुवागढी नाकाबाट आवतजावत सम्भव छैन । यही कारणले उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट स्वदेश फर्काइएको हो ।

  himalayanvoice.com | ८ श्रावण २०८२, बुधबार १०:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online