ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

बाढीका कारण केरुङमा अड्किएका दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

रसुवा, । गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल बगाएपछि चीनको केरुङमा अड्किएका नेपाली नागरिक बुधबार तातोपानी नाकाबाट स्वदेश फर्किंदै छन् ।

चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार उनीहरूलाई लिएर गएको चिनियाँ सवारी साधन बिहान ७ बजेतिर (चिनियाँ समयअनुसार) तातोपानी नाकातर्फ लागिसकेको छ ।

“बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीहरूलाई आज तातोपानी हुँदै नेपाल पठाइँदैछ,” आचार्यले जानकारी दिनुभयो ।

फर्कने यात्रुहरूमा मुख्यतया सवारी चालक, बिरामी भएका व्यक्ति, नियमित औषधी सेवन गर्ने र औषधी सकिएका गरी करिब २०३ जना रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

“काठमाडौँसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फको यात्रा चीन सरकारले व्यवस्थित बनाएको छ,” उहाँले थप जानकारी दिनुभयो ।

यद्यपि, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अहिले सञ्चालनमा आए पनि मितेरी पुल पुनर्निर्माण नभएसम्म रसुवागढी नाकाबाट आवतजावत सम्भव छैन । यही कारणले उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट स्वदेश फर्काइएको हो ।

  himalayanvoice.com | ८ श्रावण २०८२, बुधबार १०:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online