ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपियाँ ६३ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ७८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ८१ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ८० पैसा र बिक्रीदर १०८ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ९० पैसा र बिक्रीदर ४५४ रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ २५ पैसा र बिक्रीदर ३६० रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार २२:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online